काठमाडौँ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)का पूर्व अध्यक्ष तथा पत्रकार भोला आचार्यले रसुवाको भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका पत्रकार आचार्यले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख तीन रुपैयाँ जम्मा गर्नुभएको हो। आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोग गर्नुभएको हो। जन्मदिनका अवसरमा आफ्नो जन्मभूमिमा हालै भएको अकल्पनीय विपत्तिबाट पीडित नागरिकका लागि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो।
नेजाका पूर्व अध्यक्ष आचार्य अमेरिकामा रहेर नेपाली पत्रकारिता तथा नेपाली समुदायसँग सम्बन्धित सञ्चार गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।














