प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति
  • CIA Khabar

  • काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री अभिव्यक्ति राष्ट्रघाती भएकाले रोस्टमबाटै सच्याइनुपर्ने वा संसद्को रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आएको स्मरण गराएका हुन् । बैठक सुरु हुनेबितिकै श्रम संस्कृतिका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलालाई समय दिएका थिए । उनले गत जेठ १७ गते संसद्को रोस्टमबाट प्रधानमन्त्रीले नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताइन् ।
    उक्त अभिव्यक्ति सच्चाउनुपर्ने वा रेकर्डबाट हटाउनुपर्ने माग सम्बोधन नभएकाले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

  • १४ आश्विन २०८३, बुधबार १४:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images