कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय
  • CIA Khabar

  • काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ। कांग्रेसको १५औँ महाधिवेशन १८ असोजदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। यसपटक करिब ७ हजार प्रतिनिधि हुने समितिको अनुमान छ। १४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरी प्रत्येक क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
    महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बस्दाको शुल्क भने प्रतिनिधि स्वयंले व्यहोर्नुपर्नेछ।

  • १४ आश्विन २०८३, बुधबार १४:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images