कांग्रेस केन्द्रीय सदस्यमा सिए. पदम भण्डारीको उम्मेदवारी
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिए. पदम भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। भण्डारीले पेशागत विषयतर्फको खुला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको हो। उहाँले कांग्रेसको संगठनलाई थप सुदृढ, गतिशील र समयानुकूल बनाउँदै पेशागत क्षेत्रको सहभागिता र आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ।

    पार्टीको आसन्न महाधिवेशनलाई कांग्रेसको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र नयाँ पुस्ताको सहभागिता बढाउने अवसरका रूपमा लिइएको छ। यही सन्दर्भमा विभिन्न क्षेत्र र पृष्ठभूमिबाट नेताहरूले केन्द्रीय समितिका विभिन्न पदमा आफ्नो उम्मेदवारी अघि सारिरहेका छन्। भण्डारीको उम्मेदवारीसँगै पेशागत क्षेत्रबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। उहाँले आफूलाई निर्वाचित गराएमा पेशागत क्षेत्रका मुद्दालाई पार्टीको नीति निर्माण र संगठन सञ्चालनसँग जोड्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

     

  • २१ आश्विन २०८३, बुधबार ०९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images