‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा गगन थापाको प्यानल भन्दै बाँडिएका उम्मेदवारको सूची भ्रामक रहेको बताएका छन् । सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत सूची वितरण भइरहेको चर्चापछि शर्माले यस्तो भनेका हुन् ।
    सभापतिका उम्मेदवार थापाले पनि आफ्नो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक नभएको स्पष्ट पारिसकेका छन् । ‘हामीले बनाएको र पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु, ती सबै फेक हुन् । सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन’, शर्माले भनेका छन् ।

     

  • २३ आश्विन २०८३, शुक्रबार ०८:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images