संसद विघटन नेपालको आन्तरिक मामिलाः भारत
  • CIA Khabar

  • काठमाडौँ ।  नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उक्त घटनाक्रम नेपालको आन्तरिक मामिला भएकाले उसले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने भारतको भनाइ रहेको बताएका छन् ।

    बाग्चीले भारत एक असल छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र बिकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेबी भण्डारीले जेठ ७ मा मध्यराति संसद बिघठन गरेपछिको राजनीतिक घटनाक्रममा भारतको औपचारीक प्रतिक्रिया आएको हो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा यसै साताबाट सुनुवाइ हुँदैछ।

  • १२ जेष्ठ २०७८, बुधबार १७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images