२४ घण्टामा ६ हजार ९३९ जना संक्रमित थपिए, ७ हजार २२६ डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images