भारतमा पछिल्लो २४ घण्टामा १.७९ लाख नयाँ संक्रमित भेटिए, २.६४ लाख निको भए
  • CIA Khabar

  • काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आयो । २ लाख ६४ हजार १८२ बिरामी निको भए जबकी ३,५५६ जनाको मृत्यु भयो । नयाँ बिरामीको आँकडा पछिल्लो ५४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि अप्रिल १३ मा १ लाख ८५ हजार ३०६ नयाँ बिरामी भेटिएका थिए ।

    २८ राज्य र केन्द्र शासित प्रदेशमा नयाँ बिरामीको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । बिहिबार भारतमा २८,३२३ सक्रिय संक्रमित कम भए । अब २३ लाख २७ हजार ५४१ बिरामीको उपचार चलिरहेको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार ११:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images