सिरियामा बशर अल–असद पुनः बने राष्ट्रपति, विपक्षले रुस र इरानलाई घेरे
  • CIA Khabar

  • काठमाडौ । सिरियाको राष्ट्रपति चुनावमा बशर अल–असदले व्यापक जीत हासिल गरेर लगातार चौथो पटक सत्ता आफ्नो हातमा पार्न सफल भएका छन् ।

    देशमा बुधबार भएको चुनावमा असदले ९५.१ प्रतिशत मत पाए ।

    उनलाई चुनौती दिने दुई उम्मेद्वारमध्ये महमूद अहमद मारीले ३.३ प्रतिशत र अब्दुल्ला सालौम अब्दुल्लाले १।५ प्रतिशत मत हासिल गरे ।

    सिरियाको विपक्षी दलले यो चुनावलाई पाखन्ड बताएका छन् । अमेरिका र युरोपेली देशले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताए ।

    बशर अल–असदले पहिले नै मतदानको विषयमा पश्चिमको प्रतिक्रिया उनको लागि ‘जिरो’ भएको बताएका थिए ।

    दमिश्कमा आफ्नो मत हालेपछि असदले भनेका थिए, ‘सिरिया त्यस्तो होइन जसरी उनीहरुले देखाउने कोसिस गरिरहेका छन्, जहाँ एक शहर अर्को शहरसँग लडिरहेको छ, एक समुदाय अर्कोको विरोधी हो, वा जहाँ गृहयुद्ध सुरु भएको छ । आज हामी चुनावमार्फत् यो प्रमाणित गरिरहेका छौं कि सिरियाका जनता एक छन् ।’

    सिरियाली राष्ट्रपतिले बुधबार दमिश्क नजिकैको एक इलाकामा मतदानपछि यस्तो भनेका थिए । यो इलाका एक समय विद्रोहीहरुको अखडा थियो जसलाई सन् २०१८ मा सिरियाली सेनाले पुनः आफ्नो कब्जामा लिएको थियो । त्यतिबेला त्यहाँ एक केमिकल हमला भएको पनि आरोप लागेको थियो ।

    सिरिया पछिल्लो एक दशकमा संघर्षले ध्वस्त भइसकेको छ जसको सुरुवात मार्च सन् २०११ मा भयो जब त्यहाँ लोकतन्त्रको समर्थनमा प्रदर्शन भए र जसलाई असद सरकारले शक्तिको प्रयोग गर्दै दबाउने कोसिस गरे ।

    यो संघर्षमा हालसम्म ३८८,००० मानिसहरुको ज्यान गइसकेको छ । सिरियाका आधा जनसंख्या लडाईंका कारण आफ्नो घरबाट भाग्नु परेको छ । सिरियाका लगभभग ६० लाख मानिसहरु अहिले पनि शरणार्थी बनेर विदेशमा बस्न बाध्य छन् ।

  • १४ जेष्ठ २०७८, शुक्रबार ११:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images