बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता
  • CIA Khabar

  • एजेन्सी । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले  विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ ।

    बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले  बेलायतमा प्रयोगका लागि  अनुमति पाइसकेका छन्  । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज खोप सुरक्षित गरिसकेको छ ।

    एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका लागि ८५ प्रतिशत भन्दा बढी प्रभावकारी छ भने सामान्य अर्थात मध्यम अवस्थाका बिरामीका लागि ६६ प्रतिशत प्रभावकारी रहेको बीबीसीमा उल्लेख छ ।

  • १६ जेष्ठ २०७८, आईतवार ०९:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images