काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ।
संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ ।
लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।
लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।
उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।
यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
सोमबारदेखि पूर्वनिर्धारित सबै किसिमका परीक्षा पनि अर्को निर्णय नभएसम्मका लागि तत्काललाई स्थगन गर्न सिफारिस गरिएको छ ।