ओली पक्षसँग संवादमा रहेका घनश्याम र सुरेन्द्रले भने- पार्टी एकताले सार्थकता पाउनेमा आशावादी हुन सकिएन
  • CIA Khabar

  • काठमाडौं । एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले वार्ताका नाममा अलमल्याउने काम गरेको र आफूहरू परिणाम आउनेमा आशावादी नरहेको बताएका छन् ।

    नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा आफ्न भनाइ राख्दै उनीहरूले यस्तो बताएका हुन् । बैठककमा बोल्दै नेता भुसालले अध्यक्ष ओलीले वार्ताको नाममा दाउपेच गरिरहेको बताएका छन् ।

    ‘एमाले गठनका लागि सबैले पुर्‍याएको योगदान र त्यसबाट भएको आन्दोलनलाई विर्सजन नगरौँ भन्ने उद्देश्यले हाम्रा केही साथीहरूले वार्ता र संवादलाई निरन्तरता दिनुभयो । उहाँको आशय अझै पनि अल्झाउने र त्यसबाट पनि केही दाउपेच गर्न सकिन्छ कि भनेझैँ देखियो,’ भुसालको भनाइ उद्दृत गर्दै कल्याणी खड्काले भनिन् ।

    बैठकमा नेता पाण्डेले दुवै पक्षबीच भएका वार्ता संवादलाई गोप्य राख्दै परिणाम निस्किएको खण्डमा मात्रै सार्वजनिक गर्ने बताएपनि ओली पक्षले समूहको एकता टुटाउने अभिप्रायले विभिन्न सन्देश प्रवाह गरेको बताए ।

    ‘हामीले एक-दुई दिन कुरौँ परिणाम निस्किएको अवस्थामा मात्रै छलफलका कुरा बाहिर ल्याउँ भन्ने प्रस्ताव गरेका थियौँ । पार्टी एकता जोगाउ सकिन्छ कि भन्ने हाम्रो कसरतमा सार्थकता पाउनेमा अब आशावादी हुने ठाउँ देखिएन,’ उनले भने ।

  • २० जेष्ठ २०७८, बिहीबार १५:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images