प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’, संवैधानिक इजलासबारे के होला ?
  • CIA Khabar

  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाइएको छ ।

    ‘पूर्ण इजलास शुक्रबार बस्दैछ । सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुन्छ होला’, सर्वोच्च स्रोतले एस एन एन नेपालसँग भन्यो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

    यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेका थिए । केसी र श्रेष्ठले मंगलबारको संवैधानिक इजलासमा आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए । सोही इजलासमा न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने घोषणा गरेका थिए ।

    मंगलबारको इजलासमा प्रधानन्यायाधीश राणाले जेठ २३ गते संवैधानिक इजलास बस्ने र आफूले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images