पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब
  • CIA Khabar

  • वासिंटन । पाकिस्तानमा वरिष्ठ पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषी पक्राउ गर्न अमेरिकाले पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयले प्रेस स्वतन्त्रता र पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन पाकिस्तान सरकारलाई आग्रह गरेको हो ।

    पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्याको प्रयास भएको थियो । अमेरिकी विदेश मन्त्रालयले ट्वीट मार्फत वरिष्ठ पत्रकार आलमको सुस्वास्थ्यको कामना गर्दै दोषी पक्राउ गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

    घटनाको पाकिस्तान मानव अधिकार आयोगले पनि निन्दा गरेको छ । आक्रमणकारीले पेटमा गोली हानी हत्या प्रयास गरेको पत्रकार आलमले भिडियो सन्देशमार्फत बताएका छन् ।

    पाकिस्तानमा सेनाको आलोचना गरेको आरोपमा पाकिस्तान बिद्युतीय  अपराध ऐन २०१६ अन्तर्गत पत्रकार र मिडियाहरुमाथि कारबाही हुने गर्दछ ।

    स्रोत : फाइनान्स 

  • २४ जेष्ठ २०७८, सोमबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images