रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मौलापुर नगरपालिका २ चिरचिरीया निवासी विश्वनाथ राउत कुर्मीका १२ वर्षीय छोरा राजिव राउत कुर्मीको मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी पठाउने क्रममा बिजुलीको नाङ्गो तार छुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्सपेक्टर राकेश यादवले जानकारी दिए । मौलापुर नगर प्रमुख रिनाकुमारी साहले मृतक बालकको परिवारलाई राहत स्वरूप २५ हजार नगद उपलब्ध गराएकी छन् ।