काठमाडौँ । आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रवक्त ज्ञवालीले भने, ‘बैठकले कोभिडका बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’
‘समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि बैठकले आह्वान गरेको छ ।’