ढिलै भएतापनि तिम्रो सवारी भयो
फर्केर हेरिदियौ यो मन आभारी भयो
हान्यो मुटुमा तीर र गर्यो बेवास्ता फेरि
किन एक्कासि नजर आतंककारी भयो
हुर्काउने हुँदा तिम्रो दिलमा प्रितीको वृक्ष
आफ्नै करेसाबारी बनमाराघारी भयो ।
खै के हो विश्वास भन्नू गर्नुपर्ने हो कसलाई
ठानेथें जसलाई सेवक ऊ कालोबजारी भयो
क्या पार्दो रहेछ असर ! कसैको यादले पनि
मस्तिष्क जोगी भयो मन ब्रह्मचारी भयो ।