काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाल र उहाँकी पत्नी इन्दिरा फुयाँल ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालमार्फत आफू र पत्नी इन्दिरालाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
आज गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणपछि अहिले मन्त्री निवास पुल्चोकमा आराम गरिरहेको जानकारीसमेत मन्त्री ढकालले दिनुभएको छ । उहाँले आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।