सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व
  • CIA Khabar

  • तनहुँ– तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ ।

    राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।

    जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।

  • २१ आश्विन २०८०, आईतवार ०९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images