काठमाडौँ- आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ ।
यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।