काभ्रे- काभ्रेपलाञ्चोकको खानीखोला–४, जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । मृत्यु हुनेमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की अनिता मोक्तान छन ।
दुर्घटनामा बनेपा साँगाका रावल तामाङ, खानीखोला-३ का प्रदिप जर्गामगर र खानीखोलाकै बौद्ध लामा तथा धनपति रावल घाइते भएका खानीखोला-१ वडा अध्यक्ष सन्तमान थिङले जानकारी दिनुभएको छ ।














