काठमाडौ । ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेभसाइट खोलेका छन् ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै, ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले वेभसाइट खोलेका हुन् ।
उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्।
वेबसाइटमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।