देउवा-प्रचण्डलाई स्वास्थ्यमन्त्री त्रिपाठीको कडा चुनौती
  • CIA Khabar

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप सहुलियत दरमा ४ डलरका दरले ल्याइएको बताउनु भएको छ । उहाँले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गर्नुभयो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कमिसन नदिएको र नलिएको बताउनुभयो ।

    ‘खोप खरिदका विषयमा यो बीचमा धेरै हल्लाहरू आए, तर म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं’ उहाँले भन्नुभयो,‘हामीले खरिद गरेको २० लाख डोज खोप हो । त्यो पनि सहुलियत दरमा ४ डलरका दरले। त्यसकारण खोप खरिदबारे हल्ला र अफवाह धेरै भयो ।’

    उहाँले सरकारले सहुलियत दरमा खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज उत्पादक कम्पनी सिरमले अझै दिन बाँकी रहेकाले छिट्टै खोप आउने विश्वास लिएको पनि बताउनुभयो । उहाँले सरकारले ल्याएको दर ४ डलरमा नै अरु कसैले खोप ल्याउन सक्छ भने सरकारले १ करोड भन्दा बढी डोज खोप किन्ने चुनौती पनि दिनुभयो ।

    उहाँले थप्नुभयो, ‘यदि कसैले ४ डलरभन्दा कम दरमा खोप उपलब्ध गराउँछ भने सरकारले १ करोड भन्दा बढी किन्न तयार छ। चुनौतीका साथ भन्छु, कोही उपलब्ध गराउँन सक्छ रु खोपका विषयमा संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुहोस्। तर कुनै तथ्य बिना नबोल्नुस्। हामीले खरिद गरेको २० लाख डोज हो, त्यो पनि ४ डलरका दरले ।’

    मन्त्री त्रिपाठीले भारतले २० प्रतिशत निर्यातको अनुमति दिइसकेका कारण सेरमले अनुमति पाउने बित्तिकै नेपाललाई पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको पनि जानकारी दिनुभयो । त्यस्तै उहाँले खोप खरिदका लागि अमेरिका, रसिया, बेलयात, चीन लगायतका देशसँग पनि पहल भइरहेको जानकारी दिनुभयो ।

  • २८ बैशाख २०७८, मंगलवार २१:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images