काठमाडौ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका छन् ।
शनिवार दिउँसो ट्वीट गर्दै मिश्रले अहिलेको स्थितिका लागि उनीहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्,’हामी प्रमरराप विरूद्ध खनिएका छौँ । नबिर्सौँ, कांग्रेसरमाओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए । र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्। अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन् । यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।’
यसअघि उनले प्रतिनिधि सभाको विघटन राष्ट्रपति र प्रधानमन्त्रीको अपराधको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।
शनिवार सामाजिक सञ्जालमा उनले ३ प्रश्न राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्रीहरूले समेत किर्ते गरेर अपराध गरेको बताएका छन् ।
उनले कोरोना महामारीको यो समयमा विदेशीहरूले सहयोग ल्याउने सरकारले चाहिँ अर्बौं रुपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।
यस्तो छ उनको ट्वीट :
हामी प्रमरराप विरूद्ध खनिएका छौँ।नबिर्सौँ, कांग्रेसरमाओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए।र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन्। यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।