न्यायकी प्रतिमुर्ति शुशिला कार्की विरुद्ध अभियोग लगाउने कांग्रेस र माओवादी संसद विघटनको मुख्य जिम्मेवार हुन: नेता मिश्र
  • CIA Khabar

  • काठमाडौ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका छन् ।

    शनिवार दिउँसो ट्वीट गर्दै मिश्रले अहिलेको स्थितिका लागि उनीहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्,’हामी प्रमरराप विरूद्ध खनिएका छौँ । नबिर्सौँ, कांग्रेसरमाओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए । र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्। अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन् ।‍ यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।’

    यसअघि उनले प्रतिनिधि सभाको विघटन राष्ट्रपति र प्रधानमन्त्रीको अपराधको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

    शनिवार सामाजिक सञ्जालमा उनले ३ प्रश्न राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्रीहरूले समेत किर्ते गरेर अपराध गरेको बताएका छन् ।

    उनले कोरोना महामारीको यो समयमा विदेशीहरूले सहयोग ल्याउने सरकारले चाहिँ अर्बौं रुपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

    यस्तो छ उनको ट्वीट : 

    हामी प्रमरराप विरूद्ध खनिएका छौँ।नबिर्सौँ, कांग्रेसरमाओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए।र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन्।‍ यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।

  • ८ जेष्ठ २०७८, शनिबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images