काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।
नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।
आज पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो।
फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा ओली र नेपालबीच वार्ता भइरहेको छ।
आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्याएको बुझिएको छ ।
यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।