पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी विस्फोट, चार जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ- पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा चार जना मारिएका छन् । अन्य ११ जना घाइते भएका छन् ।

    सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरि भएको बीबीसीले जनाएको छ।

    उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।

  • ९ बैशाख २०७८, बिहीबार १७:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images