एमाले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमा छलफल गरिँदै
  • CIA Khabar

  • काठमाडौँ- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

    बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी भएको नेता विशाल भट्टराईले जानकारी दिए ।

    सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ । ओलीले आफू अनुकुलका नेताहरूलाई जिल्लामा इञ्चार्ज तोक्नेसमेत तयारी गरेको जनाइएको छ ।

    केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

    बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि अध्ययन हुने भट्टराईले जानकारी दिए ।

    ‘उनीहरुको जवाफ अध्ययन गरेर के कस्तो कदम चाल्ने भन्नेबारे बैठकमा छलफल हुनेछ, सम्भवत आजै कारबाहीको निर्णय नहुन सक्छ, भट्टराईले भने ।

    बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।

    प्रष्टिकरणपछि विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार वार्ता भए पनि विवाद मिलेको छैन ।

    ओलीले बिहीबार राति नै नेता बामदेव गौतमलाई पनि भेटेका थिए ।

  • १० बैशाख २०७८, शुक्रबार ११:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images