टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन
  • CIA Khabar

  • नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो । श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए ।

    त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।

    यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो । टी–सिरिज म्युजिक कम्पनीका मालिक गुलशन कुमारको हत्या प्रकरणमा अभियुक्त बनाइएपछि नदिम सन् २००० देखि नै निर्वासनमा रहँदै आएका छन् । फिल्मी जगतका कलाकारहरुले श्रवण राठोरको निधनमा शोक व्यक्त गरेका छन् ।

  • १० बैशाख २०७८, शुक्रबार ११:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images