प्रहरीको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला
  • CIA Khabar

  • सांकेतिक तस्वीर

    मकवानपुर । हेटौंडामा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–८ पशुपतिनगरमा निर्माणाधीन सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय आशिष ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

    उनका अनुसार मृतक ढकालको शव बुधबार बिहान ८ बजेको समयमा उक्त भवनको ट्रसको छानोको पाइपमा डोरीको पासो लगाइ झुन्डिरहेको अवस्थामा फेला परेको थियो । मृतक ढकालको शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

    घटनास्थल र प्रकृति हेर्दा मृतक ढकालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार २०:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images