म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप
  • CIA Khabar

  • काठमाडौँ– अन्तराष्ट्रिय समुदायले निन्दा गरिरहेको ‘म्यानमार सैन्य कू’ लाई चीनले सहयोग गरेको आरोप लागेको छ ।

    म्यानमारमा गत फेब्रुअरि १ मा नेतृ आङ सान सुकीलाई नियन्त्रणमा लिएर सेनाले कू गरेपछि विभिन्न आशंका तथा विश्लेषण भईरहेका छन् ।

    म्यानमारमा सैन्य कूलाई चीनले सहयोग गरेको भन्दै लोकतन्त्रवादी समर्थकहरुले चीनको आलोचना गरिरहेका छन् ।

    यसैबीच, म्यानमारमा चिनियाँ सेनाहरु अज्ञात रुपमा आईरहेको पनि आशंका गरिएको छ । चीनबाट पहिचान नखुलेको विमानमार्फत म्यानमारमा अज्ञात सामग्री पुर्‍याइएको अष्ट्रेलियन प्रबुद्ध समूह एएस्पीआईले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    चीनले म्यानमार सेनालाई सहयोग गरिरहेको र बिरोधीहरुलाई सामाजिक सञ्जालमा संगठित हुन नदिन कदम चालिरहेको भन्दै म्यानमारका विभिन्न सामाजिक सञ्जालमा पोष्टहरु सार्वजनिक भईरहेका छन् ।

    नोभेम्बर ८ मा भएको निर्वाचनमा धाँधली गरेको भन्दै म्यानमारमा सेनाले नेतृ आङ सान सुकीलगायत विभिन्न नेताहरुलाई नियन्त्रणमा लिई सैन्य कू लागु गरेको छ । स्रोत जी फाईभ


  • १२ बैशाख २०७८, आईतवार १०:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images