आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित
  • CIA Khabar

  • काठमाडौँ– इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

    वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए । डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे ।

    बलिङतर्फ कोलकाताका लागि भरुन चक्रवर्तीले दुई विकेट लिए । शिभम माभी र पर्सिघ कृष्णले एक/एक विकेट लिए ।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे । २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

    यस्तै, दिनेश कार्तिकले २५ रन बनाउँदा नितिस रानाले २२, प्याट कमिन्सले १० रन जोडे । कोलकाताका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।

  • १२ बैशाख २०७८, आईतवार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images