छाला विशेषज्ञले अभिनेत्रीको अनुहार बिगारिदिएपछि
  • CIA Khabar

  • मुम्बई– तमिल अभिनेत्री रायजा विल्सनले केही दिन अघि सामाजिक सञ्जालमा एक तस्वीर राखेकी थिइन्, जुन तस्वीरमा उनको आँखा छेउ सुन्निएकाे थियो ।

    अमर उजालामा प्रकाशित समाचारअनुसार उनले छाला विशेषज्ञको गलत उपचारका कारण आफ्नो अनुहार बिग्रिएको दाबी गरेकी थिइन् । यही दाबीसँगै उनले विशेषज्ञबाट १ करोड जरिवानाको माग गरेकी छन् ।

    ‘म एक साधारण फेसियल उपचारका लागि डा. भैरवीको क्लिनिकमा गएको थिएँ । उनले मलाई त्यो प्रक्रियाका लागि बाध्य बनाए, जुन मलाई आवश्यक थिएन । त्यसको नतिजा अहिले देखियो । यति हुँदा हुँदै पनि उनी मसँग भेट्न र कुरा गर्न मानिरहेका छैनन् । उनको स्टाफले उनी शहरभन्दा बाहिर भएको जानकारी दिएका छन्’, उनले तस्वीरसँगै लेखेकी छन् ।

    उनको माग प्रति सामाजिक सञ्जालमा समर्थन मिलिरहेको छ । तस्वीरमा उनको अनुहारमा कालो धब्बा बसेको छ । उनको एक आँखा सुन्निएको छ ।

    कामको कुरा गर्दा रायजाले सन् २०१७ बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘भीआइपी–२’ हो । जहाँ उनले एक सानो भूमिका निभाएकी थिइन् ।
    उनले ‘बिग बोस तमिल’को पहिलो संस्करणमा सहभागी भइसकेकी छन् ।

  • १३ बैशाख २०७८, सोमबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images