कमेडी च्याम्पियनको तेस्रो सिजन
  • CIA Khabar

  • काठमाडौं – कमेडी च्याम्पियन सिजन-३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो ।

    निर्देशक विशाल भण्डारीका अनुसार यो शो जम्मा ३३ एपिसोडको रहनेछ । त्यसमा ३२ नियमित र एक एपिसोड फाइनल रहनेछ । फिजिकल अडिसनको पाँचमध्ये तीन एपिसोड तयार भइसकेको उनको भनाइ छ ।

    फर्म्याट परिवर्तनबारे जानकारी दिँदै भण्डारीले भने, ‘दुई सिजनमा हामी टप २४ भनेर गर्थ्यौँ ।यो पटक हामीले टप ३० को फर्म्याटमा लैजाँदै छौं । पहिला सुपर १५ थियो अहिले सुपर १६ को फर्म्याटमा जान्छौं । त्यसपछि टप १०, ९, ८ हुँदै जान्छ । वाइल्ड कार्डको पनि अवसर छ ।’

    प्रतिस्पर्धा रोचक बनाउन फर्म्याट परिवर्तन गरेको निर्णाण पक्षले जनाएको छ । जजमा भने पहिलाकै चार जना, सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिने छन् ।

    यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।निर्माण पक्षका अनुसार विजेताले २५ लाख नगद र सोही मूल्य बराबरको गाडी पुरस्कार पाउनेछन् ।

     

  • १२ माघ २०८०, शुक्रबार १०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images