अमेरिकामा २ करोड ५४ लाखले जिते संक्रमण
  • CIA Khabar

  • काठमाडौँ- अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७८९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

    पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ८६ हजार ६११ पुगेको छ।

    त्यहाँ पछिल्लो २४ घण्टामा ४७ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड २८ लाख ७५ हजार ४५ पुगेको छ।

  • १५ बैशाख २०७८, बुधबार १०:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images