अमेरिकामा खोप लगाइसकेकाले हिँडडुल गर्दा मास्क लगाउन नपर्ने
  • CIA Khabar

  • काठमाडौँ– अमेरिकामा पूर्ण खोप लगाइसकेकाहरूले बाहिर हिँडडुल गर्दा मास्क लगाउन नपर्ने भएको छ।

    खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा सानो समूहमा रहँदा मास्क लगाउन नपर्ने अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले घोषणा गरेको छ ।

    तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन पर्ने सीडीसीले जनाएको छ।

    हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन्।

    उनले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन्।

    उक्त घोषणापछि उनी ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए । महामारीविरुद्ध लडाइँमा अमेरिकाले सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे।

  • १५ बैशाख २०७८, बुधबार १२:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images