धार्मिक कार्यक्रममा भागदौड हुँदा इजरायलमा कम्तीमा ३८ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ– इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

    हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिभएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

    उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। भागदौडमा परेर सयभन्दा बढी मानिस घाइते भएका छन्।

    आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

    हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण खुलेको छैन।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ठूलो क्षति भनेका छन्।

  • १७ बैशाख २०७८, शुक्रबार २०:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images