विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत
  • CIA Khabar

  • काठमाडौँ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा १२ हजार ५५१ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३२ लाख ५ हजार ७८६ पुगेको छ ।

    कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ ।

    मृतक र संक्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

    भारतमा पहिलो पटक शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ९२ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मको दोस्रो धेरै हो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५९ लाख ८१ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ छ ।

    यस्तै त्यहाँ एकैदिन ३६ सय ८८ संक्रमितको मृत्यु भएको छ ।

    दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

  • १९ बैशाख २०७८, आईतवार ०८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images