एमसीसी प्रकरणमा नांगिए प्रचण्ड, यसरी खुल्यो पोल
  • CIA Khabar

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले आफैले संझौता गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध प्रयोग गर्नकै लागि एमसीसीसँगको अनुदान सम्झौता रोकेको तथ्य खुलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री ओलीबिरुद्ध अबिश्वासको प्रस्ताव पारित भएपछि एमसीसी प्रस्ताव अनुमोदन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सहमति जनाएसँगै यो तथ्य बाहिर आएको हो ।

    देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने रत्यसपछि संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति कांग्रेस माओवादीबीच जुटेको छ । एमसीसी संझौतालाई प्रचण्डको आदेशमा सभामुखले लामो समयदेखि रोकेर राखेका छन । तात्कालिन देउवाको नेतृत्वमा सरकार भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो । ओली नेतृत्वमा सरकार बनेपछि प्रचण्डले ओलीको पालामा पारित गर्न नहुने भन्दै बखेडा सिर्जना गर्दा संसद्‍मा यो सम्झौता दुई वर्षदेखि दर्ता भएर रोकिइरहेको छ ।

    ओलीविरुद्धको सत्ता गठबन्धनका विषयमा छलफल चल्दा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार एमसीसी पास गर्ने पक्षमा हुने र त्यसमा माओवादीले समर्थन जनाउनुपर्ने बताएपछि केही समय कुरा यसै अड्किएको थियो । तर प्रचण्डले ओलीको पालामा मात्रैसोसंझौता पारित हुन नहुने आफ्नो चाहना रहेको बताएपछि कुरा मिलेको हो । प्रचण्डले एमसीसी पारित गर्न आफूहरुलाई कुनै समस्या नभएको तर ओलीकैपालामा गर्दा उनैलाई जस जाने भएकोले गर्न नदिएको प्रष्टिकरण पनि देउवालाई दिनुभएको छ ।

    कांग्रेस सभापति देउवाले एमसीसी सम्झौता संसद्‍बाट छिटो अनुमोदन हुनुपर्ने बताएलगत्तै प्रधानमन्त्री ओलीले पनि त्यो विषय उठाउनु भएको थियो । प्रधानमन्त्री ओलीले केही दिनअघि टेलिभिजन अन्तर्वार्तामा कांग्रेस र माओवादीले एमसीसीमा हस्ताक्षर गरेको तर अहिले प्रचण्डले आफ्नो पालामा गर्नुपर्छ भन्दै अडकाएर राखेको तथ्य सार्वजनिक गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको त्यो भनाई दुई दिन नबित्दै प्रचण्डले नै पुष्टि गरिदिनु भएको हो ।

  • १९ बैशाख २०७८, आईतवार १२:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images