चन्द्रौटामा शुरु भयो सुबिधासम्पन्न दात रोग उपचार केन्द्र, नगरप्रमुख द्वारा उद्घाटन
  • कमल बिष्ट

  • कपिलवस्तु।शिवराज नगरपालिका चन्द्रौटामा सुबिधासम्पन्न दात रोग उपचार केन्द्र सन्चालनमा आएको छ, अत्याधुनिक समाग्रीको उपलब्धता सङ्गै दैनिक रुपमा डक्टर बाट उपचार सेवा प्रदान गर्ने गरी निदान डेन्टल क्लिनिकले सेवा प्रारम्भ गरेको हो ।

    आज एक कार्यक्रमका बिच शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले क्लिनिकको उद्घाटन गर्नुभयो ।

    क्लिनिकमा आधुनिक उपकरणहरु बाट एक्स-रे (आरबिजि) इन्ट्राओरल क्यामेरा (आफै हेर्न सकिने प्रविधि) बाट दात तथा मुख सम्बन्धि सम्पूर्ण रोगको परिक्षण, दातको जरै देखि उपचार (आर.सि.टी.), दात भर्ने , दात सफा गर्ने, दातमा तार बाध्ने, दात निकाल्ने, कृतिमा दात राख्ने , मुखको साधारण सल्यक्रियाका साथै दात तथा मुख रोगको उपचार तथा परामर्श सेवा प्रदान गरीने डाक्टर नारायण पोख्रेलले बताउनुभयो ।

    दात तथा मुख रोगको समस्याले बिरामीहरु बुटवल जानुपर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्दै चन्द्रौटा बाटै स्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता महसुस गरी यस क्षेत्रका नागरिक लाइ सर्वसुलभ र स्तरीय सेवा प्रदान गर्ने क्लिनिकको लक्ष्य रहेको डा। बासुकी मण्डलले बताउनुभयो ।

    समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारु, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अली मिया, बिभिन्न स्वास्थ्य चौकीका प्रमुख लगायत सामाजिक एवम् राजनितिक क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

  • २१ आश्विन २०७८, बिहीबार १८:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images