पाण्डेले ल्याए “आधिहुरी” प्रहरी गीत बजारमा
  • CIA Khabar

  • काठमाडौं – नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले “आंधी हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरि” नामक प्रहरी गीत बजारमा ल्याएका छन् ।

    देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रबेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुले तालीम देखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा शब्दको माध्यमद्धारा उल्लेख गरिएको छ ।
    नेपाल प्रहरीको इतिहास अत्यन्त कठिन मोडहरु पार गर्दै गुज्रिएको छ । इतिहासको कालखण्डमा र बर्तमानमा पनि प्रहरीले अनेकौ चुनौतीहरुको सामना गरिरहेको छ । गीतमा निरीक्षक पाण्डेयले प्रहरी कार्य, अपराध अनुसन्धान, बिशेष ब्यक्तिको सुरक्षा र  दैबी बिपत्तिमा प्रहरीले गरेका काम र त्यसमा रहेका चुनौतीहरुको बारेमा शब्दद्धारा बर्णन गरेका छन्। प्रहरीले जस्तो सुकै बिपत्तीको बेलामा पनि केहि नभनि देश र जनताको सेवामा लागिरहने कुरा गीत मार्फत उल्लेख गरेको निरीक्षक पाण्डेले बताए ।
    यस गीतका गीतकार प्रहरी निरीक्षक भोजराज पाण्डेय हुन् । उनी हाल ललितपुरमा कार्यरत छन् । काठमाडौं बासिन्दा पाण्डेको पुर्ख्यौली गाउँ गुल्मी हो । यस गीतमा संगीत संयोजन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । युवा गायक प्रताप दाशले यस गीतमा स्वर दिएका छन् । नेपाल प्रहरी सदैब कर्तब्य प्रति निष्ठावान, निर्भिक र अटल रहने सन्देश गीतले दिएको छ । प्रहरी सेवा मार्फत राष्ट्र सेवामा लागेका पाण्डेयले गीत संगीत मार्फत पनि राष्ट्रलाई योगदान पुर्याउंदै आएका छन् । यस अघि पाण्डेका करिब आधा दर्जन आधुनिक गीत बजारमा आइसकेका छन्।

  • २५ आश्विन २०७८, सोमबार १०:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images