आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)
  • CIA Khabar

  • रूपन्देही । लुम्बिनी प्रदेशमा पुनः नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शपथग्रहण कार्यक्रममा गरिएको अवरोध गलत राजनीतिक संस्कारको शुरूवात भएको बताएका छन् ।

    प्रदेश प्रमुखको धर्मनाथ प्रसाद यादवसमक्ष आज साँझ शपथ लिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिमा आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने गलत संस्कृतिलाई हटाउँदै लैजानुपर्ने बताए ।

    जसपाको सहकार्यमा संयुक्त सरकार बनाएको समयमा जसपाको बहुमतको निर्णयलाई नमानेर कारबाही नाटक गरिएको उनले बताए । त्यो घटनापछि एमाले एक्लैले बहुमतको सरकार बनाउने अवस्थामा आएको उनले बताए ।

    भिडियो

  • १९ बैशाख २०७८, आईतवार २२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images