सामाजिक सञ्जालमा अमेरिकी राजदूतलाई आग्रह : पैसा सहयोग गर्दा नेताहरुले खाने भन्दै कोरोना खोप सहयोग गर्न अपिल
  • CIA Khabar

  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शनिबार मध्यान्ह अमेरिकाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि ८५ लाख बराबरको अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै सामाजिक सञ्जालमा जानकारी गराए ।

    उनले एक ट्वीट गर्दै अमेरिका नेपालको लामो समयदेखिको मित्र भएको र कोरोनाविरुद्धको लडाईंमा आफूहरुको ऐक्यवद्धता रहेको उल्लेख गरे । नेपाललाई सहयोग गर्ने राजदूतको सो घोषणाको ट्वीटरमा प्रशंसा भइरहेको छ ।

     

    तर ट्वीटर प्रयोगकर्ता नेपालीले राजदूतलाई नगद भन्दा पनि कोराना खोप सहयोग गर्न आग्रह गरेका छन् । राजदूतको ट्वीटरमा मेन्सन र रिप्लाई गर्दै धेरैले अमेरिकासँग एष्ट्राजेनिकाको ६ करोड खोप भण्डारण रहेको भन्दै केही नेपाललाई उपलब्ध गराउन आग्रह गरिरहेका छन् । केही प्रयोगकर्ताले नगद भन्दा पनि खोप सहयोग गर्न आग्रह गरेका छन् ।

    अमेरिकाले केही दिन पहिले आफूसँग भएको ६ करोड खोप विभिन्न मुलुकलाई वांड्ने घोषणा गरेको थियो । यस विषयमा भारतले अमेरिकासँग कुराकानी गरिरहेको छ भने नेपालले पनि पहल सुरु गरेको जानकारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक रुपमा नै गरेका छन् ।

    राजदूतलाई केही प्रयोगकर्ताले सो खोप नेपालमा समेत ल्याउन पहल गर्न आग्रह गरेका छन् । राजदूतको ट्वीट रिप्लाई गदै विश्व पराजुलीले भनेका छन,‘आभारी छौं र औधी प्रशंसनीय छ । आशा छ यो सहयोगमा जीवन बचाउने कोभिड भ्याक्सिन पनि छ ।’ पराजुली जस्तै धेरैले खोप नै सहयोग गर्न आग्रह गरेका छन् ।

  • २० बैशाख २०७८, सोमबार ०६:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images