भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ – भारतको कर्नाटकमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    चामाराजानगर जिल्लाको एक अस्पतालमा उपचाररत संक्रमितले अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको बीबीसी हिन्दीले जनाएको छ । यो अस्पताल मैसुर सहरदेखि ६० किलोमिटर दूरीमा पर्दछ ।

    उक्त अस्पतालका चिकित्सकहरुको प्रयासका बाबजुद पनि अक्सिजन अभावका कारण स्वासप्रस्वासमा सामान्य अवस्था नआउँदा उनीहरुले ज्यान गुमाउनु परेको बताइएको छ ।

    चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डीन जीएम सञ्जिवले राति १२ देखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम भएको जानकारी दिएका छन् ।

    अस्पतालमा उपचाररत १२२ कोभिड बिरामीमध्ये ज्यान गुमाउने १२ जना अन्य रोगबाट पनि पीडित रहेको बताइएको छ ।

    उक्त अस्पतालमा प्रत्येक ३५ मिनेटमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्ने उनले बताएका छन् ।

  • २० बैशाख २०७८, सोमबार १६:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images