ढुवानीका साधनमा अब स्टिकर टाँस्नु पर्ने, चालक र कामदार बाहेका अन्य व्यक्ति बस्न नपाउने
  • CIA Khabar

  • काठमाडौ । निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो ।

    उक्त निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनहरुले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा कोको रहने हो सोको विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।

    कोभिड–१९ को तिव्र संक्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार १६:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images