उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु
  • CIA Khabar

  • काठमाडौं । हवाई मार्गबाट गन्तव्यमा पुग्न टिकट काटेका सयौं यात्रु त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा आज बिहानैदेखि अलपत्र छन् ।

    नयाँ भेरियन्टसहितको कोरोनाको बढ्दो जोखिमका कारण हिजोको मन्त्रिपरिषद् बैठकले आज रातिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । उपत्यका र विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएका कारण यातायातको एकमात्र विकल्प हवाई सेवामार्फत आउनेजाने यात्रुहरूको चाप केही दिनदेखि बढेको थियो ।

    यात्रु बढेसँगै वायु सेवा संचालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच आज ३६ उडान भर्ने गरी सम्झौता भएको संघका प्रवक्ता योगराज कँडेलले बताए । उनका अनुसार आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको हो । टिकट भएर पनि उड्न नपाएका यात्रुहरू आक्रोशित बनेपछि विमानस्थलमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

    पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर सेवा जारी रहने कतिपय हवाई कम्पनीले निर्णय समेत गरिसकेका छन् ।

  • २० बैशाख २०७८, सोमबार १६:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images