सांसदहरुलाई अध्यक्ष ठाकुरको निर्देशन : काठमाडौँ बाहिर नजानू, बाहिर भएका आउनु
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले जिल्ला बाहिर नजान र बाहिर रहेकालाई काठमाडौँ आउन निर्देशन दिनुभएको छ । जसपाका स्रोतका अनुसार ठाकुरले जुनसुकै बेला आवश्यकता पर्न सक्ने भएकाले काठमाडौँ बाहिर नजान निर्देशन दिनुभएको हो ।

    पूर्वराजपाको स्रोतका अनुसार “जो सांसदहरु जिल्लाबाहिर जानु भएको छ । उहाँहरुलाई जिल्लातिरै नबस्नुस् । जतिबेला पनि आवश्यकता पर्न सक्छ । काठमाडौँ फर्कनुस् र यतै भएकालाई उपत्यका बाहिर नजानुस् भनेर आइतबार निर्देशन गरिएको हो ।”

    पछिल्लो परिस्थिती हेर्दा जसपा फुटको डिलमा पुगेको छ । यादव पक्ष अर्थात् पूर्व समाजवादीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वासको पक्षमा रहने निर्णय गरिसकेका छन् । तर, ठाकुर समूह ओलीलाई सघाउने पक्षमा छ । लुम्बिनी प्रदेशमा अध्यक्ष उपेन्द्र यादव समूहले ४ सांसदलाई कारबाही गरेपछि समाजवादीको विवाद उत्कर्षमा छ ।

    एमालेका मुख्यमन्त्री शंकर पोखरेल सरकारमा मन्त्री बनेका सांसदहरुलाई विधान विपरित कारबाही गरेको भन्दै ठाकुरले त्यसलाई रोक्न निर्वाचन आयोग समेत पुग्नुभएको छ ।

  • २० बैशाख २०७८, सोमबार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images