जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व प्रधानमन्त्री ओलीप्रति नरम छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनतिर देखिएको छ ।

    यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर पक्षले राजनीतिक सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरूलाई फोन गरेर जानकारी सङ्कलन गरिरहेको तथा मङ्गलबारसम्म काठमाडौं आउन सूचना दिइएको जानकारी दिए ।

    केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा। सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • २१ बैशाख २०७८, मंगलवार ०९:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images