कांग्रेस प्रवक्ताबाट विश्वप्रकाशले लिए दुई साताका लागि बिदा
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

    कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित मैदानमा फर्कने बताएका हुन् । प्रवक्ता शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिएका छन् ।

    उनले ट्वीट गरेका छन्, ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु १ मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु १’

  • २१ बैशाख २०७८, मंगलवार १४:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images