घर बस्न नसक्ने संक्रमितलाई भक्तपुरमा ५४ बेडको आइसोलेसन
  • CIA Khabar

  • भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा नेपाल इन्जिनियरिङ क्याम्पसको प्रांगणमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा चाप बढेपछि संक्रमितलाई राख्ने व्यवस्थाको लागि दुवाकोटमा आइसोलेसन बनाइएको हो । स्थानीयवासी, वडा कार्यालय, प्रहरीरप्रशासनको सहयोगमा बनाइएको आइसोलेसनमा पुरुषका लागि ४७ र महिलालाई ७ गरी ५४ बेड तयार गरिएको छ ।

    होम आइसोलसनमा बस्न नसक्ने संक्रमितहरूले यहाँ बस्नुपरेमा र थप जानकारी चाहिए इन्जिनियरिङ क्याम्पसका प्रशासन प्रमुख मनोहर खनाल ९९८५१०७४९५५० मा सम्पर्क गर्न भनिएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १९:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images